युवति बोलाएर प्रहरी आचरण बिरुद्ध कार्य गर्ने प्रहरी जवान कारवाहीमा

2133
views

रौतहट, १५ असोज । ईलाका प्रहरी कार्यालय डुमरियाभित्र युवति बोलाएर प्रहरी आचरण बिरुद्ध कार्य गर्ने एक प्रहरी जवानलाई कार्वाहीको प्रकृयामा लगिएको छ ।
शुक्रबार राति प्रहरी कार्यालयभित्र एक युवतिलाई बोलाएर प्रहरी जवान मनोज महतोले यौन कृयाकलाप गरेको आरोपपछि ति उनलाई कार्वाहीको प्रक्रियामा अगाडी बढाइएको हो । महतोले राती प्रहरी कार्यालयमा बोलाएर यौन क्रियाक्लाप गरेको स्थानीले आरोप लगाएका थिए ।
महतोले ति युवतिसंग कार्यालयभित्र नै यौन कृयाकलाप गरेको भन्दै कारबाहीको माग राखेका थिए । पहिले देखि नै चिनजानमा रहेकी युवतिलाई कार्यालयका इन्चार्ज र अन्य प्रहरीहरु राति गस्तिमा निस्केको समय पारेर ति प्रहरी जवानले बोलाएका थिए ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक यादब ढकालले प्रहरी जवान र ती युवतिबीच चिनजान रहेको पाइएको र कार्यालयमा नै बोलाएकाले उनीमाथि कार्वाही प्रकृया अगाडि बढाएको जानकारी दिए । तर स्थानीयले आरोप लगाएजस्तो कार्यालय भित्र यौन कृयाकलाप नगरेको प्रहरी उपरीक्षक ढकालले अनुसन्धानको क्रममा पत्ता लागेको जानकारी दिँदै राति कार्यालयमा युवति बोलाएकाले प्रहरी आचरण विपरीत काम गरेको पाइएको बताए ।