म्यान्चेस्टर सिटीद्वारा चेल्सी पराजित, म्यान्चेस्टर पहिलो स्थानमा

1870
views

काठमाडौं, १५, असोज । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राती भएको खेलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० ले हराएको छ । चेल्सीको मैदानमा भएको खेलमा पाहुना टोली सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ६७ औं मिनेटमा निर्णायक गोल गरेका थिए । यस्तै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले क्रिष्टल प्यालेसलाई ४–० ले पराजित ग¥यो । म्यान्चेस्टर युनाईटेडका लागि मराउने फेलियानीले दुई गोल गरे भने हुँवा माटा र रोमेलु लुकाकुले एक एक गोल गरे ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले हडर्स्फिल्ड टाउनलाई ४–० ले पाखा लगाँउदा स्टोक सिटीले साउथह्याम्पटनलाई २–१ ले तथा वेष्ट ह्याम युनाईटेडले स्वान्सी सिटीलाई १–० ले हराए । वेष्ट ब्रोमविच आल्बियोन र वाट्फोर्डले २–२ गोलको बराबरी खेले । रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ७ खेलबाट १९ र १९ अंक जोडेका म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेड क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानको टोटनह्यामको १४ अंक छ भने १३ अंकको साथ चेल्सी चौथो स्थानमा झरेको छ ।