प्रदेश सभाको लागि पर्वत निर्वाचन क्षेत्र नं १ बाट सिर्जनशिल कुँवरको नाम सिफारिस

1485
views

पर्वत, १७ असोज । नेकपा माओवादी केन्द्र जिल्ला संगठन समिति पर्वतले प्रदेश सभाको निर्वाचनका लागि क्षेत्र नं १ बाट केशवराज कुँवर ‘सिर्जनशिल’लाई उम्मेदवारी सिफारिश गरेको छ । आगामी प्रदेश शभाको निर्वाचनको लागि पर्वत क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सर्वसहमतिले कुँवरलाई सिफारिस गरेको हो । उनी हाल नेकपा माओवादी केन्द्रिको केन्द्रिय सदस्य रहेका छन् ।
उम्मेदवारीमा जिल्ला कार्यालयको विस्तारित बैठकले केन्द्रिय कार्यालयमा कुँवरको नाम सिफारिस गरेको छ । कुँवर जनयुद्वकालिन अवस्था देखी नै सक्रिय राजनीतिमा रहँदै आएका छन् ।
पर्वत क्षेत्र नं १ बाट कुँवरलाई नै सिफारिस गर्नुको मुख्य कारण उनले आम जनसमुदायको विकास निर्माण कार्यहरुमा सहभागिता जनाउँदै आएका छन् ।
पर्वत क्षेत्र नं १ का अधिकाँस घरपरिवारमा चिनजान भएका कुँवर ठूलिपोखरी निवासी हुन् । पार्टी पंक्तिमा समेत विचारको खम्ब र पहुँच राख्दै आएका कुँवरलाई कार्यकर्ताको सहयोगका साथै जनस्तरमा पनि राम्रो सहयोग पाउने माओवादी केन्द्रले जनाएको छ ।
विचारमा निष्ठा, प्रष्ट वक्तको साथै पार्टी राजनीतक जीवनमा स्वच्छ छवि बनाउँदै आएका कुँवरले आफु सर्वसाधारणको छोरा भएकोले सामान्य भन्दा सामान्य जनसमुदायको पक्षमा निरन्तर जुट्ने बताए । उनले भने “मैले माझी बस्तिदेखी विकट गाउँको विकाससँगै लैङ्गिक, क्षेत्रीय तथा जातीय उत्पीडनमा परेको बर्गको उत्थानका लागि सदैव त्याग र कुर्वानी गर्ने प्रतिवद्धता गरेकाे छु ।”