सरकारी कार्यालयमा छड्के, यस्तो पायो पर्वत प्रशासनले

2455
views

पर्वत १८ असोज –जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाका सरकारी कार्यालयहरुमा अनुगमन गरेको छ । महान पर्व बडादशै सकिएपछि दोस्रो दिन खुलेका सरकारी कार्यालयमा कार्यालय प्रमुख तथा कर्मचारीहरुको अवस्थाबारे बुझ्न प्रशासनले छड्के गरेको हो ।
अनुगमनका क्रममा अधिकांस सरकारी कार्यालय प्रमुख र कर्मचारी उपस्थिति भएको र केहि कार्यालय प्रमुख तथा कर्मचारीहरुले बिदा तथा काज जनाई अनुपस्थित रहेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।
बिदा तथा काज जनाएर गएका कर्मचारीलाई सकिएलगत्तै कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
दशैपछि खुलेको कार्यालयमा दुई दिननै सेवाग्राहीको चाप भने कम रहेको थियो । सेवाग्राही नआउँदा सरकारी कार्यालय सुनसान जस्तै बनेका थिए ।