काँग्रेस चरित्रको पटाक्षेप गर्दै वाम गठबन्धनको घोषणा पत्र

928
views

काठमाडौं, २१ कार्तिक । वाम गठबन्धनले आफ्नो चुनावी घोषणा पत्र आज सार्वजनिक गर्ने तयारी गरेको छ । गठबन्धनको संयुक्त घोषणापत्रमा नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनता विरोधी रहेको, राप्रपाको चरित्र सामन्तवादी रहेको, राजपा राष्ट्रिय आत्मसमर्पणवादी नीतिको पक्षपोषक रहेको र संघीय समाजवादी फोरमको व्यवहार सामाजिक सदभावलाई कमजोर पार्ने रहेको जस्ता आरोप लगाइएको छ । वाम गठबन्धनका शीर्ष नेताहरुले राजधानीको तीनकुने स्थित रोयल व्यांक्वेटमा आफ्नो घोषणा पत्र सार्वजनिक गर्न लागेका हुन् ।
साझा घोाषणापत्रमा पाँच वर्षभित्र गरिबी मुक्त गर्ने र १० वर्ष्भित्र प्रतिव्यक्ति आय कम्तिमा पाँच हजार अमेरिकी डलर अर्थात् पाँच लाख नेपाली रुपैयाँ र्पुयाउने उल्लेख छ ।
बाढी पहिरोमा घडेरी गुमाएकालाई निःशुल्क घडेरी, राजधानीमा खेलकुद विश्वविद्यालय स्थापना, १० वर्षभित्र २० हजार मेगावाट बिजुली उत्पादन, पाँच वर्षभित्र दुई हजार ३५० किलोमिटर रेलमार्ग निर्माण, पाँच वर्षभित्र खाद्यन्न निर्यात गर्ने जस्ता महत्वकांक्षी नाराहरु ल्याएको छ । यस्तै एमाले नेता मनमोहन अधिकारीको सरकारको पालामा ल्याइएको ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने नारा र प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा ल्याइएको ‘नेपालको पानी जनताको लगानी’, ‘घरघरमा बिजुली जनजनमा सेयर’ जस्ता नारालाई समावेश गरिएको छ ।
घोषणा पत्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा एमाले अध्यक्ष केपी ओलीले संयुक्त रुपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।