वाम गठवन्धनको चुनावी अभियान गोरखाबाट, ओली र दाहाल सँगसँगै

वाम गठवन्धन र लोकतान्त्रिकले बनाए प्रतिष्ठाको विषय

844
views

काठमाडौं, २३, कार्तिक । वाम गठवन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएका एमाले र माओवादी केन्द्रले गोरखाबाट संयुक्त चुनावी अभियान थाल्ने भएका छन् ।
कांग्रेसको समर्थनमा नयाँ शक्ति पार्टीका बाबुराम भट्टराई र एमालेको समर्थनमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा रहेको गोरखा २ लाई वाम र लोकतान्त्रिक गठबन्धन दुवैले प्रतिष्ठाको विषय बनाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाबाट २९ गते संयुक्त चुनावी अभियानको उद्घाटन गर्ने भएका हुन् ।
अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार गोरखाका चार स्थानमा हुने संयुक्त सभालाई दुवै नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
गोरखापछि कात्तिक ३० गते बागलुङ र स्याङ्जामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइउको छ । त्यसपछि अध्यक्षद्वय मंसिर २ गते झापाको दमकमा हुने संयुक्त सभामा सहभागी हुने कार्यक्रम रहेको छ । सो क्षेत्रमा अध्यक्ष ओली आफै उम्मेदवार छन् ।
मंसिर ३ गते झापाको काँकडभिट्टा र मोरङको विराटचोक, मंसिर ५ गते बुटवल र दाङ, ७ गते सुर्खेत र दैलेख, ८ गते कैलाली र कञ्चनपुरमा सम्बोधन गर्ने कार्यक्रम रहेको अधिकारीले बताए । पहिलो चरणको चुनावको अघिल्लो दिन मंसिर ९ गते पोखरामा कार्यक्रम राखिएको छ ।