फ्रण्टलाईनमा काँग्रेसका युवा नेताः शर्मा, थापा र शाही

8365
views

काठमाण्डौ,२३ कार्तिक । नेपाली कांग्रेसले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीलाई पहिलो बनाउन आन्तरिक गृहकार्य शुरू गरेको छ ।

पार्टी स्रोतका अनुसार युवा नेताहरुलाई देशव्यापी परिचालन गरेर चुनावी माहोल पैदा गर्ने तयारी थालेको हो । पार्टीका अधिकांश कार्यकर्ताबाट युवा पुस्ताका नेताहरुलाई ‘फ्रन्टलाइन’मा ल्याउन सुझाव आएपछि शीर्ष नेताहरु नयाँ ढंगले चुनावी प्रचार थाल्ने निष्कर्षमा पुगेका हुन् ।

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्मा, गगन कुमार थापा र भुपेन्द्र जङ्ग शाहीलाई चुनावी मैदानमा खडा गर्ने पार्टीले निर्णय गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका शर्मा प्रखरवक्ता र बौद्धिक क्षमता भएका नेता मानिन्छन् ।

यसैगरी केन्द्रीय सदस्य गगन कुमार थापा क्रान्तिकारी धारका स्पष्ट बक्ताका रुपमा पहिचान बनाउन सफल छन् ।
त्यस्तै सो पार्टीका युवा नेता नेविसंघका पुर्व केन्द्रिय उपाध्यक्ष समेत भैसकेका नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजङ्ग शाही पश्चिमबाट उदाउँदो ताराको रूपमा हेरिएका एक उर्जाशिल नेताको पहिचा बनाउन सफल भएका छन् ।

विश्वप्रकाश शर्मा झापा–१ बाट, गगन कुमार थापा काठमाडौं–४ बाट र भुपेन्द्र जङ्ग शाही कालिकोट–१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षबाट चुनावी मैदानमा छन् ।

२०७० को दोस्रो संविधानसभामा पनि तिनै जना युवा नेताहरु प्रत्यक्ष उम्मेदवार थिए । तर गगन थापा मात्र बिजयी बनेका हुन् । बिश्वप्रकाश शर्मा र भुपेन्द्र जङ्ग शाही झिनो मतले पराजित बनेका थिए ।

‘पार्टी शीर्ष नेतृत्वले निर्वाचनका लागि पूर्वी क्षेत्र, मधेश, उपत्यका र पश्चिमका सबै जिल्लामा वाम गठवन्धनको चुनावी माहोल र परिणाम उल्ट्याउने गरी चर्चामा देखिएका युवा नेताहरुलाई परिचालनको रणनीति बनाएको हो ।