प्रजा परिषद र एमालेबीच पार्टी एकिकरण

3975
views

काठमाडौँ, २३ कात्तिक । नेकपा (एमाले) र नेपालैकै सबैभन्दा पुरानो पार्टी नेपाल प्रजापरिषद् पार्टीबीच एकीकरण भएको छ । चावहिलमा आयोजित कार्यक्रममा एमाले र परिषद्बीच पार्टी एकीकरण भएको हो ।
एमालेका अध्यक्ष ओली र प्रजापरिषद्का कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद दुलालले दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकीकरण भएको घोषणा गरेका छन् ।

कार्यक्रममा अध्यक्ष ओलीले विकास र समृद्धिका लागि एमालेबाहेक अरु कुनै पार्टी नभएको दाबी गरे । एमालेसँग मुलुक समृद्ध बनाउने योजना र संकल्प रहेकाले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बहुमतसहित विजयी गराउन ओलकिो आग्रह थियो ।

कार्यक्रममा परिषद्का कार्यवाहक अध्यक्ष दुलालले एमालेले राष्ट्रप्रति देखाएको अडानका कारण आफूहरु समाहित भएको बताए । प्रजापरिषद् विसं ‘१९९३ मा स्थापना भएको पुरानो पार्टी हो ।