वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे अख्तियारको फन्दामा

682
views

काठमाण्डौ, २९ कात्र्तिक । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाण्डेलाई पक्रेको हो ।

अख्तियारको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेललाई १० लाख रुपैयाँ घुस सहित पक्रेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि मिलेमतो देखिएको भन्दै पक्राउ गरिएको अख्तियारको दाबी छ । वैदेशिक रोजगार न्यायाधिकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाइएको छ ।