चीन–पाकिस्तान आर्थिक करिडोर निर्माणको प्रस्ताव

694
views

नयाँदिली, ३, मंसिर । भारतका लागि चिनियाँ राजदूत लुओ चाओन्हुइले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) मा भारतीय चासो सम्बोधन गर्न अर्को रुटको प्रस्ताव गरेका छन् ।

नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा शनिबार आयोजित कार्यक्रममा राजदूत लुओले ‘नेपाल, जम्मु–कश्मीर या नाथुला पासबाट अर्को करिडोर निर्माण गर्न सकिने बताए ।

आफ्नै कार्यकालमा चीन र भारतबीच द्विपक्षीय मैत्री तथा व्यापार सन्धि गराउन आफू प्रयासरत रहेको पनि राजदूत लुओले बताए ।

बेइजिङको मुख्य चासो दलाई लामाको भारतमा उपस्थिति र उनका गतिविधिमा केन्द्रित रहेको उनले स्पष्ट पारे । यस्तै, नयाँदिल्लीले बेइजिङसँग सीपीईसी र आतंककारी संगठन जैस ए मोहम्मद प्रमुख मसुद अजहरबारे चासो देखाउँदै आएको राजदूत लुओले स्पष्ट पारे ।

‘अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि विश्व राजनीतिको परिदृष्य फेरिएको बताउँदै ट्रम्पको बेइजिङ भ्रमणपछि चीन अमेरिकाको विश्वसनीय साझेदार रहेको स्पष्ट भएको पनि प्रस्ट्याए ।

‘राष्ट्रपति ट्रम्पले आफ्नो भ्रमण क्रममा दुई खर्ब ५० अर्ब अमेरिकी डलरबराबरको व्यापार सम्झौता गर्नु भएको छ, यदि चीन अमेरिकाका लागि खतरा थियो भने यो कसरी सम्भव हुन्थ्यो,’ राजदूत लुओले प्रष्ट पारे ।