प्रकाश दाहालको निधन हृदयघातकै कारण–अस्पताल

644
views

काठमाण्डौ । माओवादी केन्द्रकाक अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालको निधन हृदयघातकै कारण भएको अस्पतालले जनाएको छ । नर्भिक अस्पताल प्रशासनले प्रकाश दाहालको मृत्युको औपचारिक पुष्टि गरेको हो ।


अस्पताल पु¥याउनु ३ घण्टा अगावै प्रकाशको मृत्यु भएको पनि अस्पतालले जनाएको छ । नर्भिक अस्पतालका डा.जेपी जैसवाल र यादव भट्टले दाहालको मृत्युको औपचारिक पुष्टि गरेका हुन् ।
२०३८ सालमा जन्मिएका प्रकाश नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा समेत पुगेका थिए । उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको प्रवक्ता पम्फा भुसालले जानकारी गराइन् ।
दाहालको मृत्युको कारण अस्पतालले आकस्किम हृदयघात भएको बताएको छ । श्रद्धाञ्जलीका लागि वाम गठवन्धनका नेताहरु पनि पेरिसडाँडामा केन्द्रित भएका छन् ।