प्रहरीलाई अखिल नेपाल शिक्षक संगठनको कडा चुनौति, संविधानको पालना गर्न सुझाव

1323
views

पर्वत । अखिल नेपाल शिक्षक संगठनले शिक्षक गिरफ्तारका विरुद्ध प्रहरीलाई चुनौति दिदैं घोर आपत्ति जनाएको छ ।

संगठनले जिल्ला सदस्य एबं समाज कल्याण प्रावि माझफाँटका शिक्षक धनञ्जय मल्ललाई बिद्यालयमा पढ़ाई रहेको अबस्थामा बिना कारण प्रहरीले गरेको गिरफ्तारीलाई मानव अधिकार विरोधी घटनाको संज्ञा दिएको छ ।
संठनले जारी विञप्तीमा भनेको छ विद्यालयमा पढाई राखेका शिक्षक मल्ललाई गिरफ्तार गरी हिरासतमा राखेको छ । कुनै पनि अवान्छित गतिबिधिमा संलग्न नरहेका शिक्षकलाई फरक आस्था राखेकै आधारमा पक्राउ गरिएको घटना प्रति संगठनको गम्भिर ध्यान आकृष्ट भएको छ ।

संगठनले सरकारी निकायबाट भइरहेको यसखालका निरङ्कुश र अमानवीय कार्यको घोर भर्तसना एवं निन्दा गर्दछौं । साथै पक्राउ गरिएका शिक्षकलाई तत्काल रिहा गर्न माग गर्दछौं ।

संगठनले जारी गरेको विज्ञप्तीमा संविधानको पालना गर्न आग्रह गदैृ भने छ–नेपालको मौजुदा संविधानले कुनैपनि राजनैतिक आस्था विचार अंगाल्न पाउने स्वतन्त्रतालाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको छ । तर, वर्तमान सरकार संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारको ठाडो उलंघन गर्दै शिक्षण जस्तो पबित्र पेसामा रही कक्षामा पढ़ाई रहेका शिक्षकसंग त्रसित भई बिना कारण थुनामा राख्ने सरकारको यस प्रवृतिप्रति हामी सम्पूर्ण संघ संस्था, पत्रकार एवंं सञ्चार माध्यमलाई आवाज उठाउन आग्रह गर्दछौं । साथै विना कारण गिरफ्तार गरी हिरासतमा राखिएका शिक्षकको रिहाईका लागि जोड़दार माग गर्दछौं ।

सो विज्ञप्तीमा अखिल नेपाल शिक्षक संगठन पर्वतका जिल्ला अध्यक्ष भुमिराज शर्माले हस्ताक्षर गर्दै मानव अधिकार हनन्को रक्षा एवं संविधानको अक्षरस कार्यान्वयन गर्न समेत सुझाइएको छ ।