अस्थिरताको अन्त्य गर्न वामगठवन्धन– प्रचण्ड

615
views

चितवन, ११ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थिरतातर्फ धकेलिएको मुलुकलाई स्थिरता दिनका लागि वाम गठवन्धन गरिएको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले माडीे वसन्तपुरमा आयोजित चुनावी सभालाई संबोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले राजनीतिक अस्थिरताका कारण देशको विकास हुननसकेको र सरकार परिर्वतनको खेलले स्थिरता कायम नभएको भन्दै वाम गठबन्ध नै अस्थिरता अन्त्यको बाटो भएको बताउनुभयो ।

‘प्रचण्डले राष्ट्रको आर्थिक तथा सामाजिक विकासका लागि आफूले निर्वाचनमा भाग लिएको र माडी क्षेत्रबाटै विकासको शुरुवात हुने बताउँदै ठोरी–केरुङ राजमार्ग, जंगली जनाबर र मानवबस्ती बीचको द्वन्द्व अन्त्य गर्ने, माडी क्षेत्रमा चक्रपथ तथा कृषि सडक निर्माण गर्ने, कृषिको आधुनिकिकरण गर्ने, खोलाको तटबन्ध निर्माण लगायतका काम तत्काल शुरु गर्ने प्रितिबद्धता समेत व्यक्त गर्नुभयो ।