शिक्षक जिसी पक्राउ

892
views

पर्वत, १६ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्वतले जलजला गाउँपालिकाबाट शिक्षक नारायण जिसीलाई पक्राउ गरेको छ ।जलजला गाउँपालिका लेकफाँट घर भएका जिसीलाई नेकपामा संलग्न भएको र चुनाव लक्षित घटनामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए । घिमिरेले चुनाव भाँड्ने जुनसुकैलाई पनि गिरफ्तार गर्ने आदेश अनुसार पक्राउ गरिएको बताए ।
पर्वतमा विप्लव नेतृत्व नेकपाका जिल्ला सह–ईन्चार्ज ढक बहादुर क्षेत्री, शिक्षक धनन्जय मल्ल र शिक्षक नारायण जिसीलाई पक्राउ गरिएको घिमिरेले जानकारी दिए ।
नारायण जिसी लेकफाँटको देवी प्राविका शिक्षक हुन । जिसीलाई विद्यालयबाट घर जाँदे गर्दा जिल्ला प्रहरी कार्यालय पर्वतको टोलिले पक्राउ गरेको परिवारले जनाएको छ । पक्राउ परेका तीन जना हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।