चितवन समाज इजरायलद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

1402
views

अनिरुद्र सुवेदी
ईजरायल, १७, मंसिर । चितवन समाज इजरायलले चितवनका मृगौला पीडितलाई एकलाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ ।

इजरायलमा कार्यरत चितवनबासीद्वारा स्थापित चितवन समाज इजरायलले चितवन भरतपुर ११ निवासी मृौला पीडित मान बहादुर गुरुङको उपचारका लागि एकलाख एकसय एघार रुपैयाँ सहयोग प्रदान गरेको हो ।

चितवन समाज इजरायल तथा समितिका कार्यसमिति सदस्य सम्झना सिंह (जिना) को संयुक्त सक्रियतामा उठेको उक्त रकम चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्ति अधिकारीलाई हस्तानान्तरण गरिएको थियो ।

रकम हस्तानान्तरण कार्यक्रममा भरतपुर नगरपालिका–११ का नगर समिति सदस्य बिना गुरुङ तथा समाजका अगुवा समाजसेवी, पत्रकार, चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिका पदाधिकारीहरुका साथै स्थानीयको सहभागितामा सो रकम हस्तानान्तरण गरिएको थियो ।

रकम हस्तानान्तरण कार्यक्रमको संचालन अन्तराष्ट्रिय समन्वय समितिका सचिव गणेश ढकाल, स्वागत समितिका उपाध्यक्ष मनोज अर्यालले गर्नुभएको थियो ।

चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्ती अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजको पीडामा सहयोग गर्न पाउँदा आफुहरुलाई गर्व लागेको चितवन समाज इजरायलका अध्यक्ष सरिस्मा बराल (उमा) ले हाम्रा सहकर्मी अनिरुद्र सुवेदीलाई जानकारी गराउनुभयो ।