गगन थापालाई लक्षित गरी बम विष्फोट, ९ घाईते

723
views

काठमाडौं । घरदैलो अभिायानमा लागेका काँग्रेस प्रभावशाली युवा नेता गगन कुमार थापालाई लक्षित गरी अज्ञात समुहले बम विष्फोट गराएको छ ।
काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाको घरदैलो कार्यक्रममा बम विस्फोट भएको हो । सोमबार बिहान चुनाव प्रचारका क्रममा चपली हाइट पुगेका थापासहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

विष्फोटमा थापा सहित नौ जना घाईते भएका छन् ।घाईतेलाई शिक्षण अस्पताल लगिएको महानगरिय प्रहरी कार्यालयले वृत्तले जनाएको छ ।