नुवाकोट मतगणनास्थलमा तारजाली र सिसीटिभी

971
views

नुवाकोट, २० मंसिर । जिल्ला निर्वाचन कार्यालय नुवाकोटले मतगणनाका तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । मतगणना स्थलमा तारजाली लगाउने तथा सीसीटीभी जडान गर्ने काम पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तस्विरः रिना खनाल


मतगणना हुनेस्थलमा १५ वटा सीसीटीभी जडान भएको छ । साथै मतगणना गर्ने र उम्मेदवारको प्रतिनिधि बस्ने ठाउँलाई व्यवस्थित गरेर तारजाली लगाउने काम पनि भएको छ । मुख्य निर्वाचन अधिकृत लोकजंग शाहका अनुसार दुवै निर्वाचन क्षेत्रमा तीन/तीन स्थानमा मतणना गर्ने व्यवस्था मिलाईएको छ ।

डिभिजन सहकारीको कार्यालय विदुरमा प्रतिनिधि सभा क्षेत्र नं. १ र त्यस अन्र्तगतको दुवै प्रदेश सभाको मत गणनाको लागि तयारी गरिएको छ । त्यस्तै क्षेत्र नं. २ को कोष तथा लेखा नियन्त्रणको कार्यालयमा मतगणना गर्नको लागि तीन वटा कोठामा तारजाली लगाइएको छ ।

तारजाली भित्र गणकले मत गणना गर्नेछन् भने तारजाली बाहिर सुरक्षाकर्मी र दलका प्रतिनिधि, पर्यवेक्षक, पत्रकार रहने ब्यवस्था मिलाइएको छ । स्थानीय निकाय निर्वाचनमा मत गणना स्थलमा तारजाली नलगाएको भएपछि केही जिल्लाहरुको घटनाक ाकराण यो पाली नुवाकोटमा पनि तारजाली लगाएर मत गणना गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

मतगणनामा खटाउने कर्मचारीको पनि व्यवस्था भइसकेको क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपाल लामिछानेले बताउनुभयो । उहाँले मत गणनास्थलको अबस्थाको बारेमा जिल्लाका सुरक्षा निकाय, जनप्रतिनिधिहरुलाई अवलोकन गराएर अवस्थाको बरोमा जानकारी गरानुभएको छ ।

साथै, दलका प्रतिनिधिसहितको सर्वदलीय बैठक बस्ने तयारी समेत भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आचारसंहिता तयारीका लागि सर्वदलीय समितिको बैठक राख्न लागिउको हो । मत गणना भोली साँझ पाँच्च बजेबाट सुरु हुनेछ । नुवाकोट जिल्लामा दुवै निर्वाचन क्षेत्रमा ८६ हजार आठ सय मत गणना गर्नुपर्ने छ ।