फुलपरासी बुथमा झडप, एक महिलाको अवस्था चिन्ताजनक

622
views

सर्लाही, २१, मंसिर । सर्लाहीको एक मतदान केन्द्रमा गोली चलेको छ । सर्लाहीको कौडेना गाउँपालिकाको फुलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।

काँग्रेस कार्यकर्ताको आक्रमणबाट राजपा कार्यकर्ता सरोज कुमार यादव, मनोज कुमार यादव र रामरती देवी यादव घाइते भएका छन् । घाइतेमध्ये कौडेना–३ फुलपरासी निवासी रामरतीको अवस्था गम्भीर छ । उनको उपचार अहिले जिल्ला अस्पताल मलंगवामा भइरहेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । प्रहरीका अनुसार भोट खसाल्न लाइनमा बसेका बेला कांग्रेस कार्यकर्ताहरुले राजपा कार्यकर्ताहरुले रोक्न खोजेपछि विवाद भएको थियो ।

कांग्रेस कार्यकर्ताले राजपा कार्यकर्ता माथि आक्रमण गर्न थालेपछि प्रहरीले झडप नियन्त्रण लिनका लागि चार राउण्ड हवाई फायर गरेको छ । झडपछि केही समय मतदान स्थगित भएको थियो ।