प्रधानसेनापति र म्यानमारका राजदूतबीच भेट

704
views

काठमाण्डौ । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित म्यानमार राजदूतावासका महामहिम राजदूत एच.ई. थ्रि प्यान्ची यु टन ने लिन ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा प्रधानसेनापति क्षत्री र एच.ई. थ्रि प्यान्ची यु टन ने लिनका बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्र्पक तथा सूचना निर्देशनालयले जनाएको छ ।