काठमाडौं ४ मा गगन थापा विजयी

604
views

काठमाडौं, २३ गते । काठमाडौंको ४ नम्बर क्षेत्रमा नेपाली कांग्रेसका युवानेता गगन थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेको युवा नेता थापाले वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका डाक्टर राजन भट्टराईलाई पछि पार्दै जित हासिल गरेका हुन् ।
थापाले २१ ह्जार ५५८ मत ल्याएका छन् भने भट्टराईले १८ हजार १४० मत ल्याए र पछि परेका छन् । साथै विवेकशील साझाकी युवा नेतृ सुवुना बस्नेताले ३ हजार ४० मत ल्याएर तेश्रो बनेकी छन् ।
थापा यसअघि संविधानसभाको निर्वाचनमा पनि सोहि क्षेत्रबाट विजयी बनेर सांसद् बनेका थिए ।