बागलुङको सबैमा बाम गठवन्धनका उम्मेदवार बिजयी, काँग्रेस शुन्य

674
views

बागलुङ । बागलुङ जिल्लामा नेपाली कांग्रेस क्लिन स्वीप भएको छ । गत २०७० सालको संविधानसभा निर्वाचनमा कम्युनिष्टलाई क्लीन स्वीप गरेको कांग्रेस चार बर्ष पछि भएको निर्वाचनमा सबै स्थानमा पराजित भएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले दुईरदुई सिट जितेका छन्। शनिवार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभातर्फ वामगठवन्धनका साझा उम्मेदवार रहेका नेकपा एमालेका युवा नेता डा. सुर्य पाठकले शानदार विजयी हासिल गरेका छन्। पाठकले बहालवाला राज्यमन्त्रीलाई १३ हजार ४१ मतको फराकिलो अन्तरले हराउदै प्रभावशाली जित हासिल गर्न सफल भएका हुन्।


उनले ३३ हजार ६ सय ५७ मत लिएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटम प्रतिद्वन्द्वी नेपाली काग्रेसका चम्पादेवी खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरेकी छिन्।
विजयी पाठक २०७० को निर्वाचनमा साविक क्षेत्र नम्वर दुईमा पराजित भएका थिए भने खड्का २०७१ मा आफ्ना पति हरिबहादुर खड्काको सवारी दुर्घटनामा परि निधन भए पछि बागलुङ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनबाट सभासद भएकी थिइन्। खड्का हाल सहकारी तथा गरिवी निवारण राज्यमन्त्री रहेकी छिन्।
प्रतिनिधिसभा क्षेत्र नं २ बाम गठबन्धनका साझा उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका देबेन्द्र पौडेल ८ हजार ९ सय २२ मतको फराकिलो अन्तरले विजयी भएका छन्। पौडेलले २८ हजार ८ सय २७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्व सांसद निरज पुनले १९ हजार ९ सय ५ मत प्राप्त गरेका छन्।
प्रदेशसभा सदस्यतर्फ बागलुङ क्षेत्र १ को प्रदेश क बाट वाम गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एमालेका ईन्द्रलाल सापकोटा विजयी भएका छन्। सापकोटाले १७ हजार ९ सय १३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वस् नेपाली कांग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले ११ हजार ९ सय ८४ मत ल्याएका छन्।
प्रदेश ख बाट वामगठबन्धनका साझा उम्मेदवार रहेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा विजयी भएका छन्। उनले १४ हजार ३ सय ७२ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्व साँसद समेत रहेका प्रकाश पौडेललेले ८ हजार २ सय ४६ मत ल्याएका छन्।
बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘क’ बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका चन्द्रबहादुर बुढा ‘सागर’ विजयी भएका छन्। बुढाले १७ हजार ४ सय १५ ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मञ्जेशबम मल्लले ११ हजार ५ सय ४६ मत प्राप्त गरेका छन्।
प्रदेश ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार रहेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत लिएर विजयी हासिल गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीत शेरचनले ८ हजार ६ सय २४ मत ल्याएका छन्।