नारदमुनिसँग आरजु राणा देउवा पराजित

625
views

कैलाली, २४, मङ्सिर । बाम गठबन्धनको देशैभर विजयी यात्रा चलिरहेका बेला निकै चासो र चर्चाको रुपमा रहेको कैलाली क्षेत्र नम्बर ५ ले पनि नेपाली काँग्रेसलाई अर्को निर्वाचन सम्मका लागि वाईवाई गरेको छ ।

सो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धलाई लिएर प्रतिनीधि सभामा उम्मेदवारी दिएकी देउवा पत्नी आरजुबलाई यसपटक झण्डै पाँच हजार मतले पराजयको उपहार दिएको छ कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका नारदमुनि रानाले काँग्रेस उम्मेदवार आरजु देउवा राणालाई हराएका हुन् ।

नारदमुनिले २७ हजार २०२ मत ल्याउँदा आरजुले २२ हजार ३२२ मतमा पाली गाँस्नु शिवाय अरु केही रहेन् । प्रधानमन्त्री पत्नी समेत रहेकी राणा यो क्षेत्रमा चुनाव लडेपछि नतिजा निकै चासोका साथ हेरिएको थियो ।