ओली–प्रचण्ड काठमाण्डौ आएपछि सरकार गठनको गृहकार्य

621
views

काठमाण्डौ, २६, मंसिर । विजय र्यालीमा आ–आफ्नो निर्वाचन क्षेत्रमा र हेका ओली र प्रचण्ड काठमाण्डौ आएपछि सरका गठनको गृहकार्य शुरु हुने भएको छ ।

विजय हासिल गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबै काठमाडौं फर्केपछि सरकार निर्माणका विषयमा कुराकानी सुरु हुने भएको हो ।

अध्यक्ष ओली मंगलबार साँझ काठमाडौं फर्कंदैछन् भने प्रचण्ड विहीबार विहानमात्र काठमाडौं आइपुग्नेछन् । यसअअघि ओली सरकार गठनपछि बाम एकता गर्ने पक्षमा देखिएका छन् भने प्रचण्ड एकतापछि सरकार गठनका पक्षमा देखिएका थिए ।

अहिले दुवै अध्यक्षको दिनदिनै फोनमा कुराकानी भईरहेको चुनावपछिको कार्यहरुबारे छलफल भईरहेकोले ‘सरकार निर्माणबारे चाहिँ हामीबीच भेट भएपछि मात्र कुराकानी हुने प्रचण्डको भनाई छ ।’ आफू विहीबार बिहान काठमाडौं आइपुग्ने बताउँदै प्रचण्डले त्यसपछि सरकार निर्माणबारे गृहकार्य हुने बताए ।

चितवन–३ को अन्तिम परिणाम सोमबार दिउसोमात्र आएकाले प्रचण्डले थप दुई दिन त्यहीँ रहने योजना बनाएका छन् । प्रचण्ड चितवन–३ अन्तर्गतका सबै वस्तीहरुमा पुगेर मतदातालाई धन्यवाद दिने योजनामा छन् ।