एमाले–माओवादीमा शुरु भो विवाद, सरकार गठन पहिले कि पार्टी एकता ?

826
views

काठमाण्डौ, २८ मंसिर । वाम एकताको प्रतिवद्धता सहित चुनावी मैदानमा गएका एमाले–माओवादी गठबन्धनमा विवाद हुने देखिएको छ । दुई पार्टीबीच सरकार गठन पहिले की पार्टी एकता भन्ने विषयमा विवाद हुने देखिएको छ ।
दुवै पार्टीमा एकथरि नेताहरु सरकार अघि पार्टी एकता हुनुपर्ने बताउछन् भने अर्कोथरि नेताहरु पार्टी एकतापछि सरकार गठन हुनुपर्ने बताउन थालेका छन् ।

माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र एमालेमा वामदेव गौतम लगायतको एउटा पंक्ती भन्छ, सरकार गठन अघि एकता गर्नुपर्दछ । अध्यक्ष केपी ओली,प्रचण्डसहितका नेताहरु सरकार अघि होमवर्क गर्ने र एकतालाई सरकार पछि टुंगाउने पक्षमा रहेको बुझिएको छ ।

यसैबीचमा, माओवादी केन्द्रका नेता अग्नि सापकोटाले सरकार गठन तत्कालैको आवश्यकता भएकाले सरकार गठन पहिले र त्यसलगत्तै पार्टी एकता गर्नुपर्नेमा जोड दिएका छन् ।