मधेशी जनताले अधिकार नपाएसम्म संघर्ष जारी– अध्यक्ष यादव

727
views

राजविराज, २८ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताउनुभएको छ ।


राजविराजस्थित साह धर्मशालामा तेलि कल्याणकारी समाजद्वारा आयोजित नवनिर्वाचित प्रतिनिधि र प्रदेशससभा सदस्यको सम्मान कार्यक्रममा यस्तो बताउनुभएको हो ।

सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चितसमेत हुनुभएका यादवले न्यायका लागि संघर्ष अगाडि बढाउन मधेशी जनताले आफूहरुलाई जनादेश दिएकोे र उनीहरुले अधिकार नपाएसम्म न्यायका लागि आफू र मधेशी जनताले पनि संघर्ष जारी राख्ने बताउनुभयो ।

अब मधेशमा अधिकारसम्पन्न भई विकासको कार्यलाई निरन्तर अगाडि बढाउँदै जनताबाट प्राप्त जनमत र जनभावनाका साथ आफू पनि अगाडि बढ्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

निर्वाचन परिणामले प्रदेश नं २ मधेश सरकार बन्ने बताउँदै ‘प्रदेश नं २ को ८ जिल्ला मात्र मधेश होइन, मधेसका बाँकी २२ जिल्लाका भूभागमा पनि संघर्ष अगाडि बढ्छ, उहाँले भन्नुभयो ।