राष्ट्रपतिलाई फेसबुकमा अपशब्द लेख्ने विद्यार्थी त्रिचन्द्रबाटै पक्राउ

672
views

काठमाण्डौ, २८, मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा अपशब्द लेखी गाली गर्ने त्रिचन्द कलेजका विद्यार्थी विवेक बानियाँलाई प्रहरी पक्राउ गरेको छ ।

बानियाँलाई कलेज हाताबाटै प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका विद्यार्थी नेपाल विद्यार्थी संघ निकट रहेका छन् । बानियाँको रिहाईको माग गर्दै नेविसंघले आन्दोलन गरेको छ । नेविसंघले क्याम्पसमा तालाबन्दी, तोडफोड गर्नुका साथै सडक समेत अवरुद्ध पारेको छ ।