महानगरको समृद्धिमा अपनत्व बोध गरौं – शाक्य

887
views

काठमाण्डौ, २९, मङ्सिर । काठमाण्डौ महानगर प्रमुख विद्यासुन्दर शाक्यले नागरिक सहभागिताले दिगो विकास र सुविधा वितरणमा न्याय हुने बताएका छन् ।

उनले महानगरको समृद्धिमा महानगरबासीले अपनत्व बोध गर्नुपर्ने आग्रह गर्दै प्राप्त उपलब्धीको रक्षा र पूरा गर्न प्रतिवद्ध रहेको दोहो¥याएका छन् ।

आज २३ औं महानगर दिवसका अवसरमा आयोजना गरिएको समारोहलाई संबोधन गर्दै शाक्यले काठमाडौं महानगरसँगै उपत्यकाको जीवन्तताका लागि आफूले नेतृत्व गर्ने बताए ।

कार्यक्रममा महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरवासीका साझा समस्याहरु एकजुट भई समाधान गर्न सकिने र त्यो दिगो हुने धारणा राखेकी थिईन् ।

कार्यक्रममा २० बर्ष सेवा पूरा गरेका ५ जना कर्मचारीलाई पदक प्रदान गरिएको थियो । सोही अवसरमा महानगरमा २० बर्षभन्दा बढी सेवा गर्ने ५ जना कर्मचारीलाई दीर्घ सेवा पदक समेत प्रदान गरिएको थियो ।

पदक पाउनेमा अम्बिका खड्का, सुनमाया पौडेल, जयन्ती श्रेष्ठ, रामलाल देउला र नरबहादुर साउद रहेका छन् ।

२३ औं महानगर विसका अवसरमा नागरिकलाई सहरी व्यवस्थापनमा साझेदार बन्न आव्हान गर्दै बसन्तपुरदेखि इन्द्रचोक, असन, रानीपोखरीहुँदै राष्ट्रिय सभागृहसम्म सांस्कृतिक झाँकीसहितको विशेष ¥याली निकालिएको थियो ।