नेपाललाई यू-१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि

817
views

काठमाण्डौ, २ पुस । नेपाल यू–१६ राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरलाई पराजित गर्दै एसीसी यू–१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारीत ३५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन जोडेको थियो । नेपालका लागि नियमित कप्तान रीत गौतमको स्थानमा कप्तानी गरिरहेका विशाल केसीले ६३ रन जोडे । रीत चोटका कारण फाइनलमा उपस्थित रहेनन् । नारायण जोशीले २३ बलमा अविजित ४६ रन जोडेपछि नेपालले बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।
त्यसको जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरले ३२ हौं ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र जोड्न सक्यो । नेपालका लागि सूर्य तामाङ र अजय कुमार लुनियाले ३/३ विकेट लिए । नेपालले २०१४ मा मलेसियामा एसीसी यू–१६ प्रिमियरको नामले आयोजना गरेको पछिल्लो प्रतियोगिता पनि जितेको थियो ।