माओवादी केन्द्र एमालेमा विलय भयो– ओली

1666
views

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले माओवादी केन्द्र नेकपा एमालेमा विलय भएको बताएका छन् । उनले वाम गठबन्धनले सरकार बनाए त्यसको रुप र चरित्र एमालेजस्तै हुने बताए ।
‘माके एमालेमा विलय भइसकेको छ । वाम गठबन्धनको सरकार एमालेजस्तै हुन्छ । अझ सारतत्वमा यी वामपन्थी भनाउँदाहरु दलाल संसदवादका पहरेदारहरुबाहेक केही होइनन् ।’ एमाले–माकेको सरकार आर्थिक भ्रष्टाचार र साम्राज्यवादको सेवामा लाग्ने दाबी गरे ।

उनले राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी मुद्दाहरु आजको स्थितिमा पहिचान गर्दै अघि बढ्ने कार्यक्रम बनाउने बताउँदै ‘आफूहरु शान्तिपूर्ण कार्यक्रम अगाडि बढाउने तर राज्यले रोक्न खोजे संघर्षको विकसित चरणमा पुग्ने चेतावनी दिए ।

नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ताका रुपमा नेपाल कम्युनिस्ट पार्टी स्थापित भएको दाबी गर्दै विप्लवको नेतृत्व नै सहि भएको उल्लेख गरे । जनताले आफैं पनि संगठनात्मक, विचारधारात्मक र कार्यशैलीका दृष्टिबाट यो पार्टीका नेता र कार्यकर्ताबाट क्रान्तिलाई अथक रुपले अन्तिमसम्म लैजान आदेश दिएको समेत उनले बताए ।