चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने तयारी

1162
views

काठमाडौं, ४ पुस । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ । राष्ट्रपति सी नेपाल भ्रमणमा आउने चर्चा चले पनि यसअघि भ्रमण हुन सकेको थिएन । उनले नेपाल भ्रमणलाई आफ्नो कार्यतालिकाभित्र राखेको माओवादीका एक नेताले जानकारी दिए ।

राष्ट्रपति सी २०१६ सेप्टेम्बरमा नेपाल भ्रमणमा आउन चाहेका थिए । दक्षिण एसियाका श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान र भारतलगायत अधिकांश देशको भ्रमण गरिसके पनि उनी नेपाल भ्रमणमा आएका छैनन् ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका बेला राष्ट्रपति सीको भ्रमण तयारी भए पनि त्यसबेला नेपालमा सरकार परिवर्तनलगायत राजनीतिक अस्थिरताका कारण भ्रमण स्थगन भएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको कात्तिकमा सम्पन्न सम्मेलनले सीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव चयन गरेपछि उनी अहिले चीनमा माओपछिकै शक्तिशाली नेताका रूपमा चिनिएका छन् ।

उनको भ्रमणक्रममा केरुङ(रसुवागढी(काठमाडौं रेलमार्ग विस्तार गर्ने, तेल पाइपलाइन जोड्नेलगायत महत्वपूर्ण सम्झौताको तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । त्यस्तै, नेपालले चीनलाई उपहारस्वरूप दिने भनेको दुईवटा गैंडा पनि सोही बेला हस्तान्तरण गर्ने तयारी छ ।