देउवासँग वारपारको लडाई भन्दै युवा नेताहरुको गोप्य भेला, खुट्टा नकमाउन थापाको आग्रह

760
views

काठमाडौँ, ५, पुस । कांग्रेस युवा नेताहरुको गोप्य बैठकमा गगन कुमार थापाले देउवासँग वारपारको लडाई लड्ने बताएका छन् । थापाले युवा नेताहरुलाई वारपारको लडाईमा खुट्टा नकमाउन समेत आग्रह गरेका छन् ।
भेलामा कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाकै कारण हालै सम्पन्न भएको निर्वाचनमा पराजय भोग्नु परेको निश्कर्ष देउवासँग वारपारको लडाई लड्ने निर्णय गरेका छन् ।

बुधबार काठमाडौंको पूरानो बानेश्वरस्थित् सिद्धार्थ क्याफेमा बसेको युवा नेताहरुको विशेष भेलामा युवा नेता गगन थापाले पार्टी सभापतिबाट देउवालाई हटाउने जिम्मा लिएको स्रोतको दाबी छ ।

भेलामा युवा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, उमेशजंग रायमाझी, महादेव गुरुङ्, बद्रि पाण्डे, प्रदिप पौडेल, गुरु घिमिरे, गोविन्द भट्टराई, रामहरि खतिवडा, जीवन परियार लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

पार्टी सभापतिकै अदुरदर्शीताको कारण चुनावमा कांग्रेसले हार व्यहारेको भन्दै पार्टीलाई पूनः सशक्त बनाएर लैजानेबारे युवा नेताहरुको गोप्य बैठकमा छलफल तथा विचार विमर्श भएको एक नेताले जानकारी दिए ।

चुनावी परिणामको समीक्षा गर्न कांग्रेसले देशैभर नेता–कार्यकर्ता भेला गर्ने

उता देउवा पक्षधर युवाहरुको पनि छुट्टै भेला बसेको छ । निर्वाचनमा पार्टीको पक्षमा आएको परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने भएको छ । पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको आज बानेश्वरमा बसेको बैठकले पार्टीको पक्षमा सोचेजस्तो मत परिणाम नआएको भन्दै यसका बारेमा पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने बताएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पार्टी पराजयबारे वडा समितिबाटै बहस चलाउनु आवश्यक रहेको बताएका हुन् ।