पार्टी पराजयको जिम्मा देउवाले लिनुपर्दछ–सिंह

699
views

काठमाण्डौ, ८ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनमा कांग्रेस पराजयको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने बताउनु भएको छ । राजधानीको डिल्लीबजारमा मतदातालाई धन्यवाद दिनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले पार्टी पराजयको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउनुभएको हो ।

अन्तराष्ट्रिय राजनीतिमा समेत निर्वाचनमा पराजय व्यहोरे नेतृत्वले राजीनामा दिने प्रचलन भएको भन्दै नेपाली कांग्रेसमा पनि नेतृत्वले राजीनामा दिनुपर्ने आफ्नो मान्यता रहेको सुनाए ।

अन्तराष्ट्रिय राजनीतिमा समेत निर्वाचनमा पराजय व्यहोरे नेतृत्वले राजीनामा दिने प्रचलन भएको भन्दै नेपाली कांग्रेसमा पनि नेतृत्वले राजीनामा दिनुपर्ने आफ्नो मान्यता रहेको सुनाए ।

‘राजीनामा दिने नदिने सभापति को कुरा हो । तर, अन्तराष्ट्रिय प्रचलन अनुसार चुनाव हारेपछि तत्कालै नैतिकताका आधारमा नेतृत्वबाट राजीनामा दिने प्रचलन छ । पार्टी सभापतिले पराजयको नैतिक जिम्मेवारी लिनुपर्ने बताउनु भएको छ ।

अहिलेको निर्वाचनबाट कांग्रेसमा सुधार आवश्यक छ भन्ने जनमत आएको भन्दै आफूहरु विपक्षमा बसेर जिम्मेवार, र सकारात्मक विपक्षीको भुमिका निर्वाह गर्ने उहाँको भनाई छ । ‘हामी विपक्षीमै बसेर पार्टीलाई जनताको लोकप्रिय र एक नम्बर पार्टी बनाउनतिर लाग्छौं । पार्टीभित्र संगठनात्मक सुधारदेखि विधि विधान अनुसार चलाउन आफुहरुको जोड रहने प्रष्ट पार्दै आवश्यक परे नेतृत्व पनि परिवर्तन हुनसक्ने संकेत गर्नुभयो ।

नेता सिंहले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश छिटो भन्दा छिटो पारित गर्न राष्ट्रपतिलाई आग्रह समेत गर्नुभयो ।
२ महिना पहिले नै सरकारले पेस गरेको अध्यादेश रोकेर राख्नु संविधान सम्मत नहुने भन्दै कांग्रेस विधि प्रक्रियालाई पूरा गरेर सत्ता हस्तान्तरणको लागि तयार रहेकाले सरकारको नेतृत्व गर्ने जनमत पाएका दलहरुलाइ अनावश्यक बखेडामा नअल्मलिन समेत आग्रह गर्नुभयो ।