जाईकाले निर्माण गरेको प्रहरी भवन हस्तान्तरण

978
views

गोरखा, १२ पुस । गोरखा पालुङटारमा जापानी सहयोग नियोग जाइकाले निर्माण गरेको प्रहरी भवन पालुङ्गटार क्षेत्र प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ । भुकम्पपछि पुनरुथान तथा पुननिर्माण परियोजना अन्तर्गत सो भवन बनाई हस्तान्तरण गरेको जाइकाले जनाएको छ ।

प्रहरी कार्यलयको पूरानो भवन वैशाख २०७२ को भुकम्पमा क्षतिग्रस्त भएको थियो । नवनिर्मित ३ भवनहरु अपांगमैत्री र भुकम्प प्रतिरोधात्मक रहेका छन् ।

ती भवनमा बन्दीको लागि कोठा सहित महिला पुरुषको लागि ब्यारेक, सभा हल भान्सा लगायतको पनि व्यवस्था मिलाइएको छ ।