देउवाले बोलाए काँग्रेस कार्यसम्पादन समितिको बैठक

811
views

काठमाण्डौ १३ पुस । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैठक शुक्रवार बस्ने भएको छ । कांग्रेस सभापित शेरबहादुर देउवाले निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार प्रधानमन्त्री देउवा, महामन्त्री शशांक कोइरालालगायत पदाधिकारीको भेटपछि बैठकको मिति तय भएको हो । बैठकमा निर्वाचनको समीक्षा र राष्ट्रियसभा अध्यादेशबारे छलफल हुने बताइएको छ ।

कार्यसम्पादन समितिको वैठक पछि केन्द्रिय समितिको वैठक वोलाउने तयारीमा सभापति देउवा देखिएका छन् । काँग्रेसको यो बैठकले थप रणनीति बनाउँने निचोड निकालिएको छ । तत्पश्चात देउवाले केन्द्रिय समितिको वैठक वोलाउने तयारी गरेको बुझिएको छ ।

निर्वाचनमा काँग्रेसले स्थिति कमजोर भएपछि समिक्षाको लागि पार्टीका नेताहरुले केन्द्रीय समितिको वैठक बोलाउन माग गरेका थिए । उनीहरुले वैठकले पार्टीका एजेण्डा र नीतिका बारेमा छलफल गर्न महासमिति वैठक बोलाउन पनि माग गरेका छन् ।