मलेसियाबाट गैरकानुनी हैसियतमा रहेका १६ हजार नेपाली फर्किदै

867
views

काठमाडौँ । मलेसियाली सरकारले स्वदेश फर्कन आप्रवासी कामदारलाई दिएको समयावधि आज सकिएको छ । फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुनः भर्ना (रिहायरिङ) कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको थियो ।

गैरकानुनी हैसियतका करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेपछि विभिन्न कारण गैरकानुनी हैसियतमा रहेका १५ हजार आठ सय ५५ नेपाली कामदार स्वदेश फर्किएको नेपाली दूतावासले जनाएको छ ।

तथ्यांकअनुसार यो वर्ष उक्त संख्यामा एकतर्फी अस्थायी यात्रा अनुमतिपत्र जारी भएको थियो । गैरकानुनी हैसियतका नेपाली स्वदेश फिर्ता हुन नेपाली दूतावासबाटबाट यात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ ।

त्यस्तो पत्रका लागि कामदारले एक सय ६० रिंगिट शुल्क तिर्नुपर्छ । आफूसँग भिसा नभएको तर राहदानी भएकाहरूले भने यात्रा अनुमतिपत्र लिनुपर्दैन ।

सोही राहदानीमार्फत आफैं मलेसियाली अध्यागमन कार्यालयमा पुगेर जरिवाना र आउटपासका लागि अतिरिक्त शुल्क तिरेपछि हवाइ टिकट मिलाई नेपाल फर्कन सकेका हुन् ।