काँग्रेस संसदीय दलको नेतामा दुई गुट, सिंह, देउवा र थापाको दौड

847
views

काठमाण्डौ, १७, पुस । नेपाली कांग्रेसभित्र संसदीय दलको नेता बन्ने दौडमा दुई गुट बनेको छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा आफै संसदीय दलको नेता बन्ने दौडमा छन् भने रामचन्द्र पौडेलको समुहबाट प्रकाशमान सिंहलाई अघि सार्न लागिएको छ ।

पौडेल आफू चुनाव हारेपछि सिंहलाई दलको नेता बनाएर अर्को महाधिवेशनमा सभापतिका लागि बाटो सहज बनाउन चाहन्छन् ।

चुनावमा पराजित भएको भन्दै नेतृत्व हस्तान्तरणको कुरा उठिरहेकाले देउवाले धेरै नै विवाद भएको खण्डमा नयाँ पुस्ताको रुपमा वालकृष्ण खाँडलाई संसदीय दलको नेता बनाउने सम्भावना पनि रहको कांग्रेस नेताहरुले बताएका छन् ।

यता पौडेल पक्षबाट दाबेदार मानिएका महामन्त्री डा. शशांक कोइराला पनि सिंहलाई संसदीय दलको नेता बनाउन सकारात्मक रहेको बताइएको छ । अर्कोतिर युवा नेताहरुले भने गगन थापालाई अघि सार्ने तयारी गरेका छन् ।