नेपाली सेनाका दुई उपरथीलाई दज्र्यानी चिह्न प्रदान

1023
views

रिना खनाल
काठमाण्डौ । मन्त्रिपरिषद्को ०७४ पौष १३ गतेकोे निर्णय अनुसार उपरथी दर्जामा पदोन्नतीसैनिक स्वास्थ्य महानिर्देशनालयका प्राविधिक सहायक रथी डा. शशी राई तथा श्री सुदुरपश्चिम पृतना हेड क्वाटरका सहायक रथी झंकर बहादुर कडायतलाई उपरथी चिन्हको दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।


उपरथीद्वयलाई जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

उपरथी दर्जामा पदोन्नोती उपरथी डा. राईलाई सैनिक स्वास्थ्य महानिर्देशक र उपरथी कडायतलाई सुदुरपश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिईएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।