एक हजारको लगानीबाट करोडपति

1202
views

म्याग्दी, २१, पुस । कृषि पेशाबाट केही हुँदैन भन्नेहरुका लागि म्याग्दीको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की गतिलो उदाहरण बनेका छन् ।  एक हजारको लगानीबाट कृषि पेशा सुरु गरेका कार्की अहिले एक करोडभन्दा बढी सम्पत्तिको मालिक बनेका छन् । सँगै पढेका साथीहरु सरकारी उच्च तहमा पुगेपनि आफूलाई कृषि पेशाबाटै सन्तुष्टि मिलेको कार्की बताउँछन् ।

कार्की अहिले जिल्लाका नमूना कृषक र कृषि पेशाबाट नै सामाजिक सेवामा सक्रिय व्यक्तिको रुपमा चिनिन्छन् । कृषि पेशाबाटै उनले म्यादी र बाग्लुङमा घडेरीसमेत जोडेका छन् । १८ रोपनी जग्गामा मौसमी र बेमौसमी तरकारी खेती, फलफूल, पशु तथा माछापालन गर्दै आएका कार्की वार्षिक १२ लाख रुपैयाँभन्दा बढी कमाइ हुने बताउँछन् ।