यसवर्ष पन्तलाई अर्वाडै अवार्ड

669
views

निर्मल पौडेल
पर्वत, २२ पौष । पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा जन्मेर सानो उमेरमै राजधानी छिरेका कस्तुप यो वेला राजधानीमा मात्र हैन देशविदेशमै चर्चा वटुल्न सफल भएका छन् ।

देख्दैमा चट्ट हँसिला फरासिला कस्तुप कसैको आँखामा विझाउँदैनन् वरु मुटुमा स्थान् जमाएर वस्छन् । लोकदोहोरी क्षेत्रमा एक दशक भन्दा लामो यात्रा गरेका कुशल गायक तथा सफल सर्जक कस्तुप पन्तले यो वर्ष मात्र पाँच अवार्ड जितेका छन् ।

केहिदिन अगाडि समपन्न विन्दवासिनी म्युजिक अवार्डमा जवानीको धक्का बाट उत्कृष्ट लयको उपाधी चुमेका पन्तका यो बर्ष मात्र पाँच उपाधी भएका छन् । राप्ती म्युजिक अवार्डमा उहि धक्काको भाका बाट,म्युजिक खवर अवार्ड आँसु झरिरहे बाट शब्द रचना, ओ एस नेपाल म्युजिक अवार्ड जवानी मा धक्काबाट शब्द रचना साथै छायाँछबी तिज म्युजिक अवार्ड, हे शिव भगवान बाट शब्द रचनाबाट उपाधि चुमेका हुन । अवार्ड जितेपछि प्रतिकृया दिँदै पन्तले आफ्नो स्रोता दर्शकले देखाएको माया प्रति आभार प्रकट गरे ।

लामो समय देखि संगीतमा क्रियाशील सर्जक तथा सुमधुर स्वरका धनि कुशल गायक पन्त निरन्तर गित संगीतको यात्रामा लागीरहेका छन् । यस अगाडी पनि धेरै अवार्डहरु पन्तले जितिसकेका छन भने उनैका सिर्जनाबाट धेरै कलाकार र गायक समेत बनेका छन । पन्त लोक दोहोरीमा मात्र होईन पछिल्लो समय गजल गितमा पनि उत्तिकै वलिया खम्वा मानिन्छन् ।