गलकोट नगरपालिकाको आर्थिक बर्षको प्रथम चौमासिकमा ४२ लाख खर्च

763
views

थम्मन थापा
बागलुङ, २२, पौष । बागलुङको गलकोट नगरपालिकाले प्रथम चौमासिकको प्रगति शुक्रबार सार्वजनिक गरेको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरि आर्थिक वर्षको प्रथम चौमासिकमा गरेका प्रगति कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । गलकोट नगरपालिकाको कार्यालयमा भएको पत्रकार सम्मेलनमा नगर प्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकाबाट सम्पादित कार्यहरुको विवरण प्रस्तुत गरेका थिए ।उनले कार्यालय र वाड कार्यालय व्यवस्थापन, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा वितरण, घर कायम र नक्सापास गर्ने कार्यको सुरुवात, सडक तथा भवन निर्माणको आधारभुत मापदण्ड लागु, नगर प्रमुख मातृ तथा शिशु स्याहार पोषण भक्ता कार्यक्रम, नगरपालिकाको जग्गा व्यवस्थापन, सडकहरुको नियमित संचालनको लागि मर्मत सम्भार कोष लागयतका विषयमा जानकारी गराएका थिए ।

यसै बिच गैरेले गलकोट नगरपालिका भित्र १४ मिटरका २, ११ मिटरका १९, ८ मिटरका १८ र ६ मिटरका ५२ ओटा सडकलाई वर्गीकरण गरेको छ । नगरपालिकाले सड्कको मापदण्ड अनुसार भवन निर्माण गर्दा वर्गिकरण भएका सडक अनुसार निर्माण गर्न आग्रह गरे ।

गलकोट नगरपालिका–४ को डाडाँखेत, नुवाकोट, टोलमुनिबाट नयाँ ट्रयाक्क खोलि मिलनचोकि हुदै बरेङ गाउपालिका जोड्ने सड्कलाई १० मिटर, गलकोट नगरपालिका–३ को हटिया र ६ को मजुवा, राजाको पुल हुदै हरिचौर, ताराखोला, म्याग्दी जोड्ने सड्क, गलकोट नगरपालिका–८ को सादिखोला, काडेबास, मसुरबारी हुदै गलकोट नगरपालिका–३ जोड्ने सड्क हटिया बोहोराफाँटा, ज्यामिरे, उचाका, थालेपोखरा हुदै गुल्मिको शान्तिपुर जोड्ने सडक साढे १२ मिटर कायम गरेको छ ।

त्यस्तै कार्यक्रममा नगर उपप्रमुख रेनुका काउचा मगरले नगर प्रमुख मातृ तथा नवजात शिशु स्याहार पोषण भक्ता कार्यक्रमको विषयमा जानकारी गराएकि हुन । उनले मातृ तथा नवजात शिशु स्यार पोषण भत्ता कार्यक्रमको परिचय, प्रारम्भिक चरण, कार्यक्रम संचालन प्रक्रिया, अनुगमन तथा सुपरिवेक्षण सम्बन्धि जानकारी गराएकी थिईन ।

कार्यक्रममा सेवाग्राहिले प्राप्त गर्ने सेवा सुविधा, बजेट व्यवस्थापन र वितरण, गर्भवती महिलाले नियमित रुपमा एउटै स्वास्थ सस्थामा चारपटक चेकजाँच गराए प्रथम पटक २ हजार, दास्रो पटक १ हजार, तेस्रो पटक १ हजार र अन्तिममा ५ सय गरि ४५ सय प्रदान गरिने लगायतका बारेमा समेत स्पष्ट पारेकी थिईन । त्यस्तै कार्यक्रममा गलकोट नगरपालिकाका प्रसासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले आर्थिक वर्ष २०७४र०७५ को आम्दानी खर्च प्रस्तुत गरेका थिए ।

जस अन्तर्गत पहिलो चार महिनामा गलकोट नगरपालिकाले गरेको खर्चको बारेमा जानकारी गराईएको थियो । गलकोट नगरपालीकाले आर्थिक वर्ष २०७४ र ०७५ को पुजिँगत तर्फ कुल बजेट २० करोड ३ लाख ९९ हजार मध्ये पहिलो ४ महिनामा ४२ लाख ३ हजार २ सय ४६ खर्च भएको जनाएको छ । त्यस्तै सामाजिक परिचालन तर्फ एलजिसिडिपि कार्यक्रममा कुल १५ लाख ५७ हजार मध्ये पहिलो चार महिनामा ३ लाख ८४ हजार सामाजिक सुरक्षा भत्ता कार्यक्रममा ९ करोड मध्ये प्रथम चौमासिकमा २ करोड ३१ लख ४१ ह्जार २ सय खर्च भएको अधिकृत सुवेदिले जनाकारी दिए ।

सुवेदीका अनुसार चालु तर्फको कुल बजेट ३ करोड ५५ लाख ११ हजार मध्ये ३७ लाख ६३ हजार १सय ४४ खर्च भएको छ । शिक्षामा कुल १३ करोड १६ लाख ५६ हजार मध्ये २ करोड ४० लाख ३६ हजार १ सय ९९ रुपैया खर्च भएको छ भने कृषि भेटेनरि तर्फ २१ लाख ९१ हजार मध्ये ७ लाख ७५ हजार ९ सय ५० खर्च भएको छ ।

त्यस्तै अनुदानकै स्वस्थ्य तर्फ विनियोजित बजेट २ करोड ३८ लाख ९ हजार मध्ये ७५ लाख ९९ हजार ७ सय १ रुपैया प्रथम चौमासिकमा खर्च भएको अधिकृत सुवेदीले जनाकारी दिए । सुवेदीले प्रथम चौमासिकको खर्च विवरण सार्वजनिक भएको तर सो भन्दा पछिको खर्च समावेश नभएको जानकारी दिए । कार्यक्रम नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता र प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।