डा.केसीको मुद्दा भण्डारी र श्रेष्ठको इजलासमा

609
views

काठमाण्डौ, २६ पुस । अदालतको अबहेलना मुद्दामा सर्वोच्च पु¥याईएका डाक्टर गोविन्द केसीको मुद्दाको सुनुवाई न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा हुने भएको छ ।

सोमबार अनसन सुरु गर्नु पुर्व पत्रकार सम्मेलन गर्दै सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु अर्यालले केसीविरुद्ध सोमवार अबहेलना मुद्दा दायर गरेका थिए ।

यसअघि हिजो डा केसीको बयान न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा भएको थियो ।