आज पृथ्वीजयन्तीः सार्वजनिक बिदा

705
views

पर्वत, २७ पुस । सरकारले पृथ्वीनारायण शाहको जन्मदिन पारेर मनाइने राष्ट्रिय एकता दिवसमा ९आज० बिहीबार बिदा दिएको छ । ०६२ सम्म सरकारले २७ पुसमा सार्वजनिक बिदा दिँदै आएको भएपनि ०६३ देखि २७ पुसमा दिने सार्वजनिक बिदा कटौती गरिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २७ पुसमा २९६ औँ पृथ्वीजयन्ती मनाउन सरकारी बिदा दिने निर्णय गरेको हो । सरकारीतवरमा आज प्रज्ञा प्रतिष्ठानको संयोजकत्वमा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम राखिएको छ । सिंहदरबारको मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जाने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राजावादी पार्टीका पनि छुट्टाछुट्टै कार्यक्रम
राजसंस्थालाई मुख्य आदर्श मान्ने पार्टीहरूले पनि पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा आज छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । कमल थापा नेतृत्वको राप्रपाले प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चियापान कार्यक्रम आयोजना गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।