‘नेपाल–भारतबीच अब खुल्ला सिमाना रहन्न’

742
views

काठमाण्डौ, ३०, पुस । सन् १९५० को सन्धि यथावत नरहने पक्का छ । नेकपा (एमाले) नेता डा. राजन भट्टाईले नेपाल–भारतबीच अहिलेसम्म कायम रहेको खुल्ला सिमा अब रहन नसक्ने बताएका छन् ।

फाईल तस्विर


नेपाल–भारतबीच भएका सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्य समेत रहेका भट्टाइले दुई देशबीच रहेको सिमामा भारतले आफ्नो पक्षबाट कडाइ गरेको भन्दै अब नेपालले पनि यसलाई व्यवस्थित गर्नेबारे सोच्नुपर्ने बताए ।

‘भारतले अहिले पनि आफ्नो क्षेत्रमा सिमा सुरक्षाका लागि क्याम्प राखेर कडाई गरिरहेको छ,’ ईपीजीको छैटौं बैठकबारे भने, ‘यसलाई खुल्ला सिमा भन्न मिल्दैन् । नेपालतिर मात्रै खुल्ला छ । सिमा क्षेत्रका जनताको आवतजावतलाई असर नपर्ने गरि व्यवस्थित गर्नुपर्छ ।’

मैत्री सन्धि यथावत रहँदैन
भट्टाईले सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन या प्रतिष्ठापन गर्नेबारे छलफल चलिरहेको भन्दै सन्धि यथावत भने नरहने पक्का भएको बताए । ईपीजीका अहिलेसम्म भएका बैठकमा यसबारे सोर्हादपूर्ण रुपमा छलफल भएको भन्दै उनले दुबै पक्षको सहमतिमै प्रतिवेदन तयार हुने बताए ।

‘बैठकमा दुवै पक्षबीच सोर्हाद पूर्णरुपमा छलफल भयो,’ उनको भनाइ छ,‘सहमतिमै जुलाइसम्ममा प्रतिवेदन तयार पारिसक्छौं ।’ उनले सन्धिका कुन–कुन बुँदा परिमार्जन गर्ने भन्ने बारे छलफल चलिरहे पनि ‘यसरी नै जाने’ भन्नेबारे अझै टुंगोमा पुगि नसकिएको बताए ।