बहुलवाद मान्ने कम्युष्टिलाई वैद्यको झटारो

‘द्वन्द्वात्मक भौतिकवादको सट्टा बहुलवाद मान्नेलाई कसरी कम्युनिष्ट भन्ने ?’

1795
views

काठमाण्डौ, ३०, पुस । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणले द्वन्द्वात्मक भौतिकवाद, सर्वहारावर्गको अधिनायकत्व, वर्गसंघर्ष र निरन्तर क्रान्तिको मान्यतालाई आत्मसाथ नगर्ने पार्टी कम्युनिष्ट पार्टी हुनै नसक्ने दावी गर्दै द्वन्द्वात्मक भौतिकवादको सट्टा बहुलवाद मान्नेलाई कसरी कम्युनिष्ट पार्टी भन्ने भनेर प्रश्न गर्नुभयो । एमाले र माओवादी केन्द्रतर्फ इंगित गर्दै माक्र्सवादका आधारभूत मान्यताहरु परित्याग गरी संसदीय व्यवस्थालाई रणनीतिक रुपमा स्वीकार गर्नेहरुलाई कम्युनिष्ट मान्न र भन्न नहुने बताउनु भयो । इच्छुक साँस्कृतिक प्रतिष्ठानले अयोजना गरेको ‘वर्तमान समयमा साहित्य सिर्जना र अक्टोबर क्रान्तिको सान्दर्भिकता’ शीर्षक बहस कार्यक्रममा बोल्दै महासचिव किरणले प्रगतिवादी तथा समाजवादी यथार्थवादी साहित्यका पक्षधर स्रष्टा र सर्जकहरुले कम्युनिष्ट आन्दोलनमा देखापरेको संसदवाद, संशोधनवाद र अवसरवादको भण्डाफोर गर्दै नयाँ समाजको क्रान्तिकारी रुपान्तरण निम्ति नयाँ जनवादी क्रान्तिको पक्षमा कलम चलाउनु पर्ने पनि आवश्यकता औल्याउनु भयो ।

समाजवादी यथार्थवादी साहित्य गतिशील हुने र क्रान्ति र प्रतिक्रान्तिका बीचबाट अझ समृद्ध तथा विकसित हुँदै जाने हुनाले यस्तो साहित्यले नयाँ क्रान्तिको लागि दिशानिर्देश गर्नुपर्ने कुरा औल्याउनु भयो ।

बहसमा सहभागी अन्य वक्ताहरु निनु चापागाईं निनु चापागाई, प्रा.डा. जगदीशचन्द्र भण्डारी, प्रा.डा. ताराकान्त पाण्डेय, डा.अमर गिरी, रोशन जनकपुरी, सीता शर्मा, संगीत श्रोतालगायतले पनि माक्र्सवादका आधारभूत मान्यता नबोकेको साहित्य समाजवादी यथार्थवादी साहित्य हुन नसक्ने भन्दै प्रगतिवादी तथा समाजवादी यथार्थवादी साहित्यले समाजको क्रान्तिकारी रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।