लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच भएको झडपमा ९ को मृत्यु

669
views

माघ २ गते । लिबियाको राजधानीमा रहेको अन्तराष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षका बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् ।

मिटिगा विमानस्थलमा आक्रमण भएर झडप भएपछि विमानस्थल खाली गराइएको थियो । मारिएका मध्ये कति जना लडाकूतर्फका छन् र कति जना आम नागरिक छन् भन्ने बारेमा खुल्न सकेको छैन ।

केन्द्रीय सरकारका स्वास्थ्य मन्त्रीले फेसबुक मार्फत् ९ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको हो । घटनामा परी घाइते भएकाहरुको संख्याका बारेमा भने स्पष्ट जानकारी आएको छैन । मिटिगा विमानस्थल त्रिपोलीबाट पूर्वतर्फ पर्दछ । यो आम नागरिकले प्रयोग गर्ने अन्तर्रा्ष्ट्रिय विमानस्थल हो ।

जहाँ सन् २०१४ मध्यतिर विद्रोही लडाकूहरुले आक्रमण गर्दा भएको झडपपछि पुरै क्षति पुगेको थियो । उत्तर अफ्रिकी मुलुक लिबियामा लामो समय मोहमर गद्दाफीले तानाशाही शासन व्यवस्था लागु गर्नुभएको थियो । (एजेन्सी)