म्याग्दी महोत्सवमा गायिका ज्योति मगरको चर्चा

743
views

म्याग्दी, २ माघ । म्याग्दीको बेनीमा जारी छैटौं म्याग्दी महोत्सव तथा माघेसंक्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीले महोत्सव संगीतमय बनेको छ । महोत्सवको चौथो दिन चर्चामा रहेका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति राखेका छन् ।

सोमबार म्याग्दीकी लोकप्रिय लोकगायिका लाली बुढाथोकी, लोकगायक थानेश्वर गौतम, गायिका ज्योती मगर गायक जिवन कार्की, प्रकाश दुतराज लगायतका कलाकारहरुको सांगितिक प्रस्तुति दिएका थिए ।

महोत्सवमा गायिका बुढाथोकी, गायक गौतम लगायतले मौलिक भाकाका गितहरु प्रस्तुत गरि दर्शकहरुलाई आकर्षित गरेका थिए । सो अवसरमा बेनीमा रहेको फ्रि स्टार डान्स गुप्रपले धौलागिरिमै पहिलो पटक एरोविक डान्स प्रस्तुत गरेका थिए ।

म्याग्दीको बेनी महोत्सवमा भने गायिक ज्याति मगरले आफ्नो शरिरका सम्बेदनशिल अंगहरु समेत देखिने गरि स्टेजमा आफ्नो साँगितिक प्रस्तुतिहरु राखेपछि महोत्सवमा उर्लिएको युवावर्गले हुटिङ र तालिको गडगडाहट दिए । उनको प्रस्तुतीको आलोचकहरुले निकै टिकाटिप्पणी गरेका छन् ।

उनले लगाएको भेषभुषा र उनले प्रयोग गरेका शब्दहरुप्रति लोकसंस्कृतिका पारखीहरुले चर्को विरोध गरेका छन भने कतिपयले उनको पहिचान भनेकै अश्लिल र युवाजमातलाई आकर्षित गर्नु रहेकाले उनले गरेको सांगितिक प्रस्तुती सही रहेको तर्क समेत गरेका छन् । दर्शकले उनको प्रस्तुतिलाई छाडापन समेत भएको बताए ।