गौचनलाई गोली हान्ने मुख्य सुटर पक्राउ

714
views

काठमाण्डौ, ९ माघ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटर पक्राउ परेका छन् ।सुटर श्याम लामा गुम्बेलाई चितवनबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र रुपन्देही प्रहरीको टोलीले पक्राउ गरेको सिआइबीका एसएसपी घनश्याम अर्यालले जानकारी दिएका हुन् ।

घटनाका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतसहित यसअघि प्रहरीले ११ जनालाई पक्राउ गरिसकेको छ । गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए ।