नेपाली सुदूरपश्चिमेली समाज जापान सेन्डाइमा–चन्द

984
views

नवदृष्टि संवाददाता । नेपाली सुदूरपश्चिमेली समाज जापानको सेन्डाइ क्षेत्रिय समितिको अधिबेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको समितिको पहिलो अधिबेशनले जय चन्दको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।

जसको उपाध्यक्षद्धयमा गणेश चन्द, जंग बहादुर घैराल, सचिवमा यज्ञराज जोशी, सहसचिवमा गंगादत्त जोशी, कोषाध्यक्षमा भरत बम सहकोषाध्यक्षमा केशव पाण्डेय र सदस्यहरुमा जिवन भट्ट, विक्रम चन्द, पदम साउद, उद्धव चन्द, दिवाकर जोशी, सपना चन्द, कपिल पालि, पप्पु चन्द, तारा सिंह र सिता कडायत रहेका छन् । त्यस्तै समाजको सल्लाहकारमा विनोद चन्द, रमेश भट्ट र विवेक बोहरालाई चयन गरिएको छ ।