कुश्मा–ज्ञादी कफी पकेट संचालक समितिको अध्यक्षमा शर्मा

907
views

पर्वत, १९ माघ । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्र्तगत पर्वत जिल्लाको कुश्मा नगरपालिका भित्र पर्ने कुश्मा–ज्ञादी कफी पकेट संचालक समितिको जिल्ला भेलाले समिक्षा शर्माको संयोजकत्वमा १३ सदस्यीय संचालक समितिको गठन गरेको छ ।

गठित समतिको सह–संयोजकमा ठाकुरप्रसाद पौडेल, सचिवमा सुदिप पौडेल रहेका छन् भने सदस्यमा बिष्णुहरी तिवारी, विपिन पौडेल, लोकनाथ पौडेल, कृतवहादुर नेपाली, भगवती पौडेल, शान्ति पौडेल, बासुदेव तिवारी, रमेश लामिछाने, निर्मल पौडेल र ऋषिकेश पौडेल लगायत रहेका छन् ।

जिल्ला कफी व्यवसायी संघ पर्वतका अध्यक्ष भवानीप्रसाद शर्मा, कृषि सम्पर्क कार्यालयका प्रा.स. बेदप्रसाद शर्मा र स्वीसवाट भोलेन्टीयरको रुपमा आएकी इन्भारर्मेन्ट साइन्टीस इरीनाको बिशेष उपस्थितीमा सम्पन्न उक्त भेलाले कुश्मा नगर क्षेत्रभित्र पर्ने पकुवा, सिल्मी, पिपलटारी कटुवाचौपारीलाई पकेट क्षेत्रको रुपमा घोषणा गरी कार्यक्रम अगाडी बढाउने निर्णय समेत गरेको छ ।