गुप्तेश्वर क्याम्पसको वार्षिक उत्सव सकियो

1093
views

सन्तोष पाठक
पर्वत । गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतले २६ औं बार्षिक उत्सव तथा २४ औं साधारण सभा विभिन्न कार्यक्रम तथा प्रतियोगिताको आयोजना गरी सम्पन्न गरेको छ ।

वार्षिक उत्सव कार्यक्रममा शिक्षासँग सरोकारवाला संघ संस्थाका प्रमुख एवं प्रतिनीधिहरुले शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा क्याम्पस स्थापनाकालमा आर्थिक सहयोग गर्ने चन्दादाता कृष्ण बहादुर जोशीले आउँदा दिनहरुमा पनि क्याम्पसको वार्षिक उत्सव सभ्य, भव्य र समानजस्य तरीकाले गर्नुपर्ने धारणा व्यक्त गरे ।साधारण सभामा पूर्वक्याम्पस संञ्चालक समितिका सदस्य बसन्त बहादुर सिके र क्याम्पस प्रमुख सुवास पन्तले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष सुन्दर प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्ववियू अध्यक्ष शिशिर क्षेत्री, नेविसंघ इकाई अध्यक्ष शिशिर शर्मा पौडेल, अनेरास्ववियुका ईकार्य अध्यक्ष ईश्वर भुसाल, भूतपर्व विद्यार्थी संघका अध्यक्ष केदार कर्माचाय लगायतले मन्तव्य व्यक्त गरेका थिए । स्वागत क्याम्पस सञ्चालन समितिका सदस्य उमा कुमालले गरेकी थिईन् । क्याम्पसले यसबर्ष एकलाख ५० हजार रुपैयाँ छात्रावृत्ति वितरण गरेको स्ववियू सभापति शिशिर क्षेत्रीले जानकारी दिए ।

विद्यालयको वार्षिक उत्सवका क्रममा भएका प्रतियोगिताका छनौट प्रतियोगीहरुलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गरिएको नेविसंघ पर्वतका जिल्ला सदस्य एवं ईकाई सहसचिव आनन्द खत्रीले बताए । क्यापसको वार्षिक उत्सव कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको सहायक क्याम्पस प्रमुख ओमकार गिरिले जानकारी दिए ।